काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले अबको प्रधानमन्त्री गगन थापा नै हुने ठोकुवा गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता शर्माले सो दाबी गरेका हुन् ।
नयाँ नेतृत्वबाट विगतका गल्तीहरू नदोहोरिने विश्वास व्यक्त गर्दै डा. शर्माले अबको प्रधानमन्त्री गगन थापा नै हुने ठोकुवा गरे । ‘अबको चुनावपछि बहुमतसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ, यसमा कुनै दुविधा छैन,’ उनले भने।
साथै उनले कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने र बहुमत ल्याउने बताए ।
हालै सम्पन्न विशेष महाधिवेशन पार्टीभित्रको दमन र कार्यकर्ताको परिवर्तनको चाहनाको उपज भएको उनले टिप्पणी गरे ।