काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीको एकता बलियो बनाउँदै अघि बढाउने योजना रहेको बताएका छन्।
केन्द्रीय कार्यसमितिको बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने- ‘नेपाली कांग्रेसको एकता बलियो बनाउने, अवसरहरू प्रदान गर्ने, जनताले चाहेको अनुसार पार्टी अघि बढ्नेछ। पार्टीभित्रका विषयलाई छलफल गरेर सबैलाई एकै ठाउँमा समेटेर अगाडि बढ्नेछौँ ।’
पौडेलले पार्टीभित्र सबै धारालाई समेटेर साझा निर्णयमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।