Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाले झापा–५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने

नेकपाले झापा–५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर तामाङलाई टिकट दिएका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् ।

तामाङले भनेका छन्- ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता प्रचण्डले आगामी फागुन २१ गतेका लागि चुनावी अनुमति दिनुभएको छ। म झापा–५ का सबै मतदातालाई जनसेवाको अवसर दिन मतदानमा ताराको चिन्हमा मतदान गर्न विशेष अपिल गर्दछु ।’

सो क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो भने यसपटक काठमाडौं महानगरका मेयर बालेन्द्र शाह पनि सोहि क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077