Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि किन रिसाए महेश बस्नेत ?

गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि किन रिसाए महेश बस्नेत ?

शुक्रवार , माघ २, २०८२

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएको निर्णयप्रति नेकपा एमालेका सचिव महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको “नाङ्गो प्रहार” को संज्ञा दिएका छन्। उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाउँदै निर्णयलाई अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन्।

'नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो,' बस्नेतले लेखेका छन्, 'निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु गम्भीर चिन्ताको विषय हो।'

उनले यस्तो अवस्थामा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक तथा पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077