काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्ले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।