Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

शुक्रवार , माघ २, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले आजैदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन १६५ वटै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याइन लागिएको हो ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी मनोनयन ६ माघमा हुने तय भइसकेको छ। त्यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय खोली आवश्यक जनशक्ति खटाउने तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

निर्वाचन आयोगले प्रत्येक जिल्लामा खटिने गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आ–आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण जिम्मेवारी दिइएको छ, जसअन्तर्गत निर्वाचनको तयारी, व्यवस्थापन र कानुनी प्रक्रियाको समन्वय रहनेछ।

आयोगका अनुसार जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतका रूपमा तोकिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरू निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएका छन्। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नामावली टुंग्याएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077