Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा पक्षको कारबाहीमा परेका विश्वप्रकाशले भने–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ

देउवा पक्षको कारबाहीमा परेका विश्वप्रकाशले भने–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्।

नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्–‘मेरो प्रतिक्रिया केवल यत्ति छ–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ। बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ।’

शर्माले सहमतिका लागि नेतृत्वसँग राखेका ८ बुँदा सार्वजनिक गर्दै ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ’ भन्दै प्रश्न समेत गरेका छन्।

अन्तिममा उनले लेखेका छन्–‘मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ–काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077