Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्लागण्डकी तीनजना हत्या प्रकरण : एकजना पक्राउ, आरोप स्वीकार

शुक्लागण्डकी तीनजना हत्या प्रकरण : एकजना पक्राउ, आरोप स्वीकार

बुधवार , पौष ३०, २०८२

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीनजनाको हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीनजना मृतावस्थामा फेला परेका थिए ।

उक्त प्रकरणमा प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छ । अर्का एकजनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077