Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ सय केन्द्रीय सदस्यीय बन्यो नेकपा, प्रचण्डले एकसाथ खुवाए शपथ

२५ सय केन्द्रीय सदस्यीय बन्यो नेकपा, प्रचण्डले एकसाथ खुवाए शपथ

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले शपथग्रहण गरेका छन्।

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त संख्यामा रहेका केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन् ।

विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय सदस्यहरुले भौतिक रूपमा उपस्थित हुन नसके भर्चुअल माध्यमबाट शपथग्रहणको व्यवस्था गरिएको थियो ।

सोहि अनुसार कार्यक्रममा उपस्थित हुन नसकेकालाई भर्चुअल सपथग्रहण गराइएको छ ।

यस्तै शपथ लिएका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था रहेको छ । २४९९ कै सङ्‍ख्याभित्रबाट पदाधिकारी, केन्द्रीय कार्यालय, सचिवालय, विभिन्न आयोग, विभाग तथा निकायहरु बनाइने तयारी रहेको नेकपा स्रोतले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077