Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुलीमा एक महिलाको हत्या, दुईजना पक्राउ

सिन्धुलीमा एक महिलाको हत्या, दुईजना पक्राउ

सोमवार , पौष २८, २०८२

सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको अभियोगमा तिनपाटन गाउँपालिका–३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077