Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीपी गजुरेल–धर्मेन्द्र बास्तोलाको नेतृत्वमा आन्दोलन, भोलि राजधानी बन्द

सीपी गजुरेल–धर्मेन्द्र बास्तोलाको नेतृत्वमा आन्दोलन, भोलि राजधानी बन्द

सोमवार , पौष २८, २०८२

काठमाडौं । फागुन २१ गते तोकिएको निर्वाचनको विरोधमा भोलि काठमाडौं उपत्यका बन्दको घोषणा गरिएको छ।

सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायतका नेताहरू आवद्ध ६ वटा कम्युनिष्ट पार्टीहरूले संयुक्त रूपमा उपत्यका बन्दको आह्वान गरेका हुन् ।

उनीहरूले निर्वाचनलाई असंवैधानिक र जनविरोधी भन्दै सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।

बन्दको घोषणा गर्दै आज काठमाडौं उपत्यकामा महास जुलुस निकालिएको थियो । जुलुसका क्रममा विभिन्न स्थानबाट झण्डै ३ दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूलाई निषेधित क्षेत्र तोड्न खोजेको र शान्ति सुरक्षामा अवरोध पुर्‍याएको आरोप लगाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077