काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।
आयोगले सोमबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।
उनले निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिए ।
उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए ।