Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संस्थापन पक्षको असहमतिका बाबजुद विशेष महाधिवेशन गरेको कांग्रेसले पुनर्जागरण अभियान चलाउने

संस्थापन पक्षको असहमतिका बाबजुद विशेष महाधिवेशन गरेको कांग्रेसले पुनर्जागरण अभियान चलाउने

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनको दोस्रो दिन आज महामन्त्री गगन थापाले भृकुटीमण्डपमा जारी बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ–‘नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसको मुख्य उद्देश्य निराशा, घृणा, प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षको दियो जगाउनु राजनीतिलाई जनमुखी, समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई जनमुखी र समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो ।’

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समाुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।

थापाले प्रतिवेदनमा भनेका छन्–‘यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह गर्नेछ, राष्ट्रिय स्वाभिमान बढाउनेछ र अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिजृना गर्नेछ । संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानतालाई प्रवर्द्धन गर्ने मार्गचिका साथ आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नेछ ।’

सभापति शेरबहादुर देउवा पक्षको असहमति हुँदाहुँदै पनि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माका अगुवाइमा हिजोबाट विशेष महाधिवेशन भइरहेको छ । माहाधिवेशनको पक्षमा रहेका नेता सुनील शर्माले महाधिवेशनले नेतृत्व नभई नीति परिवर्तन गर्ने बताएका छन् ।

काठमाडौंमा आज डा. शेखर कोइराला पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशन नीतिगत विषयमा केन्द्रित रहने र सभापति चयन नियमित महाधिवेशनबाट हुने स्पष्ट पारेका हुन् । यद्यपी कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077