Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशनमा उत्साह, प्रतिनिधि २८ सय नाघे

कांग्रेस विशेष महाधिवेशनमा उत्साह, प्रतिनिधि २८ सय नाघे

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूको संख्या २८ सय नाघेको छ ।

सोमबार बिहान मात्रै थप करिब दुई सय प्रतिनिधिहरूले नाम दर्ता गराएपछि कुल दर्ता संख्या उल्लेख्य रूपमा बढेको हो ।

प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया अझै पूरा नभएकै कारण विशेष महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भइरहेको छ। प्रचार–प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार सोमबार पनि दर्ता प्रक्रिया जारी छ।

यसअघि आइतबार उद्घाटन सत्र चलिरहँदा साँझसम्म कुल २ हजार ६६२ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका थिए । प्रतिनिधिहरूको उपस्थितिसँगै विशेष महाधिवेशनप्रति पार्टीभित्र चासो र सक्रियता बढ्दै गएको देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077