Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बन्दसत्रमा गगनको राजनीतिक र विश्वप्रकाशको सांगठनिक प्रतिवेदन प्रस्तुत हुने

बन्दसत्रमा गगनको राजनीतिक र विश्वप्रकाशको सांगठनिक प्रतिवेदन प्रस्तुत हुने

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्र बिहान १० बजेदेखि सुरु हुने भएको छ।

यसअघि बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया अझै बाँकी रहेकाले दुई घण्टा पछि सारिएको हो।

विशेष महाधिवेशन अभियन्ता रमेश धमलाका अनुसार बिहान ब्रेकफास्टपछि सानो कार्यदलले बन्दसत्र सञ्चालनका लागि आवश्यक कार्यविधिको प्रस्ताव तयार गर्नेछ ।

आजको बन्दसत्रमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

विश्वप्रकाश शर्माको प्रतिवेदनमा पार्टी विधानमा गर्नुपर्ने सुधार, संगठन संरचनाको पुनर्संरचना, नीतिगत सुधार तथा पार्टीले सार्वजनिक गर्ने राष्ट्रिय प्रतिबद्धतासम्बन्धी विषयहरू समेटिएको बताइएको छ।

त्यस्तै, गगन थापाको प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीतिमा कांग्रेसको नेतृत्वदायी भूमिका तथा भावी गन्तव्यका विषयहरू समावेश हुनेछन्।

दुवै प्रतिवेदनमाथि बन्दसत्रका सहभागीहरूले सुझाव दिनेछन्। सुझावसहित प्रतिवेदन पारित भएपछि बन्दसत्रले नेतृत्व चयन गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077