Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन–विश्वप्रकाशको अडान विद्रोह होइन, आन्तरिक जवाफदेहिता हो : भावना राउत

गगन–विश्वप्रकाशको अडान विद्रोह होइन, आन्तरिक जवाफदेहिता हो : भावना राउत

सोमवार , पौष २८, २०८२

काठमाडौं । जेनजी अभियन्ता भावना राउतले नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिएको अडानलाई विद्रोह नभई पार्टीभित्रको आन्तरिक जवाफदेहिता भएको बताएकी छिन् ।

उनले यस बहसलाई कांग्रेसको आन्तरिक लोकतन्त्रसँग जोडिएको गम्भीर राजनीतिक प्रश्नका रूपमा व्याख्या गरेकी हुन् ।

कांग्रेसको आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनसँग सम्बन्धित गतिविधिबारे सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले पार्टीभित्र प्रश्न उठाउने र नेतृत्वलाई उत्तरदायी बनाउने अभ्यास लोकतान्त्रिक दलको न्यूनतम मापदण्ड भएको बताइन्।

‘गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जवाफदेहिता हो,’ राउतले लेखेकी छन्, ‘पार्टीभित्र प्रश्न उठाउनु, असहमति राख्नु र नेतृत्वलाई उत्तरदायी बनाउनु अनुशासनहीनता होइन, लोकतन्त्रको अभ्यास हो।’

उनले लोकतन्त्र भाषण र घोषणामा मात्र सीमित नभई दलको आन्तरिक संरचना र व्यवहारमा देखिनुपर्नेमा जोड दिएकी छन्। कांग्रेसजस्तो पुरानो र ठुलो दल सुध्रिनु देशकै लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक संकेत हुने उनको भनाइ छ।

नेतृत्वले आलोचनात्मक आवाज दबाउन शक्ति प्रयोग गरे परिवर्तनको आवश्यकता झन् प्रस्ट हुने उल्लेख गर्दै राउतले प्रश्न दबाउने संस्कृतिले दललाई खोक्रो बनाउने चेतावनी पनि दिएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077