Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र आज बिहान ८ बजेदेखि सुरु हुँदै

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र आज बिहान ८ बजेदेखि सुरु हुँदै

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । बिहान ८ बजेबाट बन्दसत्र सुरु हुन लागेको हो ।

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो ।

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका २६ सय ६२ प्रतिनिधिले प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।

कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077