Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - दुईपल्टभन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आउँछौँ

विश्वप्रकाश शर्मा भन्छन् - दुईपल्टभन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आउँछौँ

आइतवार , पौष २७, २०८२

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव विशेष महाधिवेशनबाट पारित गराउने घोषणा गरेका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले नेतृत्वमा निश्चित सीमा तोक्नु लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणका लागि आवश्यक भएको बताए। उनले यो प्रस्ताव नेपाली कांग्रेसभित्रको आन्तरिक सुधारको एजेन्डा मात्र नभई, समग्र राजनीतिक प्रणालीलाई रूपान्तरण गर्ने पहल भएको दाबी गरे।

“कांग्रेसमा मात्रै होइन, कुनै पनि दलका नेता दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने स्पष्ट व्यवस्था गर्नुपर्छ भन्ने प्रस्ताव लिएर हामी आएका छौँ,” शर्माले भने, “यसलाई कांग्रेसभित्रैबाट उठेको रुपान्तरणका रूपमा बुझ्न सकिन्छ।”

महामन्त्री शर्माले आफूले यो विषय पार्टी सभापति शेरबहादुर देउवासमक्ष समेत उठाइसकेको जानकारी दिँदै सभापतिले तत्काल सहमति जनाउन नसकेको उल्लेख गरे। “मैले यो कुरा सभापति देउवालाई पनि भनेको थिएँ, तर उहाँले मान्नुभएन,” उनले स्पष्ट पारे।

उनका अनुसार विशेष महाधिवेशनबाट उक्त प्रस्ताव पारित गराएर कांग्रेसले राजनीतिक नेतृत्वमा नयाँ मानक स्थापित गर्नेछ। यसले नेतृत्वको पुनरावृत्ति घटाउने, नयाँ पुस्तालाई अवसर दिने र पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विश्वास शर्माले व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077