Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज

शनिवार , पौष २६, २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । हिजो र आज मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशन गर्न लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो ।

पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचनको कार्यतालिका छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077