Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

आइतवार , माघ ११, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

अन्य समूहबाट कांग्रेसका खाती तीन हजार ९६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टीकाराम जैशीले एक हजार ८०५ मत प्राप्त गरेका थिए ।

महिला समूहबाट एमालेकी भण्डारीले तीन हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मत प्राप्त गरेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो । सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको निर्वाचनमा २२० मत खसेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077