Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा झाँक्रीको इन्ट्री, कांग्रेसका केसी र घिमिरेले पनि मारे बाजी !

राष्ट्रियसभामा झाँक्रीको इन्ट्री, कांग्रेसका केसी र घिमिरेले पनि मारे बाजी !

आइतवार , माघ ११, २०८२

दाङ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशबाट आज भएको मतदानमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य सफल भएको छ । तीन सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस र एमालेले आपसी तालमेल गर्दै उम्मेदवारी दर्ता गराएका थिए। सहमतिअनुसार एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसले अपांग र अन्य समूहबाट उम्मेदवारी दिएको थियो। अन्तिम मत परिणामले यो सहकार्य प्रभावकारी भएको पुष्टि गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसबाट अपांग कोटामा दाङको लमही नगरपालिका–३ निवासी बासुदेव घिमिरे ९जंगली० ले ६३२२ मतभार प्राप्त गरी निर्वाचित भए।

त्यस्तै, अन्य कोटामा गुल्मीको रेसुंगा नगरपालिका–३ का चन्द्रबहादुर केसीले पनि ६३२२ मतभारसहित जित हात पारे। महिलातर्फ एमालेबाट गुल्मीकै रामकुमारी झाँक्रीले ६३०३ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्।

निर्वाचनमा कुल २९९ मतदाता मध्ये २८६ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार लुम्बिनी प्रदेश सभाका ८३ सदस्य मध्ये ७८ जना र स्थानीय तहका २१६ प्रतिनिधि मध्ये २०८ जनाले मतदान गरे।

प्रदेश सभातर्फ राप्रपाका ४ जना र नेपाली कांग्रेसका १ जना गरी ५ जना सदस्य अनुपस्थित रहेका थिए। त्यस्तै, स्थानीय तहबाट ८ जना गरी कुल १३ मतदाता अनुपस्थित भएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077