Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा तीनवटा अध्यादेश पेश

राष्ट्रियसभामा तीनवटा अध्यादेश पेश

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेश पेश गरेको छ ।

बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेश गरेका हुन् ।

यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ सभासमक्ष पेश गरिन् ।

यसैगरी विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरिन् ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकले पूर्वमन्त्रीहरू ऋषिकेश गौतम, मोहम्मद अफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक आउँदो आइतवार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077