Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशनअघि राजधानीमा ६ स्थानबाट जुलुस, भृकुटीमण्डपमा भेला

कांग्रेस विशेष महाधिवेशनअघि राजधानीमा ६ स्थानबाट जुलुस, भृकुटीमण्डपमा भेला

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुने विशेष महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ ।

विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत पुस २७ गते भृकुटीमण्डपमा हुने उद्घाटन समारोहअघि काठमाडौंका विभिन्न छ फरक–फरक स्थानबाट जुलुस निकाल्ने तयारी पूरा भएको जानकारी दिएको हो ।

समितिका संयोजक तथा पूर्वसांसद जगदीश्वरनरसिंह केसीले पुस २७ गते आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनु अघि जुलुस प्रदर्शन गरिने बताए ।

उनका अनुसार सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस सुरु भई भृकुटीमण्डपमा एकत्रित हुने कार्यक्रम रहेको छ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ भने उक्त जुलुस प्रदर्शनलाई शक्ति प्रदर्शनका रूपमा पनि हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077