काठमाडौं । विवेकशील नेपाली अभियानका पूर्वअध्यक्ष मिलन पाण्डेले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका पाण्डे यसपटक तेस्रोपटक चुनावी मैदानमा उत्रिन लागेका हुन्।
उनी दिवंगत नेता उज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन् ।
शिक्षा नीति, उद्यमशीलता, युवाको सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा सक्रिय पाण्डेले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने एजेन्डा निरन्तर उठाउँदै आएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ९ मै जन्मेर हुर्केका पाण्डे शिक्षा क्षेत्र र उद्यम विकासमा प्रत्यक्ष संलग्न रहँदै आएका छन् ।