Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न, मतपत्र छाप्न सुरु

आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न, मतपत्र छाप्न सुरु

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबारबाट मतपत्र छपाइको काम सुरु गरिएको हो ।

माघ ९ गतेसम्म सकिने गरी सो पत्रको छपाइको काम सुरु गरिएको उनले बताए । प्रवक्ता भट्टराईका अनुसार माग १० गतेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ ।

प्रत्यक्ष तर्फको उम्मेदवारहरूको मनोनयन माग ६ गते हुने र ९ गते उनीहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसपछि मतपत्र छपाइको काम सुरु गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रवक्ता भट्टराईले समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077