Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवा विशेष महाधिवेशनमा सहभागी हुनुपर्छ : महामन्त्री थापा

सभापति देउवा विशेष महाधिवेशनमा सहभागी हुनुपर्छ : महामन्त्री थापा

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सो कुरा स्पष्ट पारेका हुन् ।

पार्टीकै नेताहरूको पहलमा आयोजना गरिएको विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाले अनिवार्य रूपमा सहभागी हुनुपर्ने उनको भनाइ छ।

उनले विशेष महाधिवेशन कुनै समूहविरुद्ध नभई पार्टीको विधानअनुसार र पार्टीकै साथीहरूले आयोजना गरेको कार्यक्रम भएको बताए । यसले पार्टी एकतालाई थप मजबुत बनाउने उनको दाबी छ।

थापाले यस विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति देउवासम्म सन्देश पुर्‍याउन आग्रह गरिसकेको बताए।

'आज पनि मैले कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई यो कुरा पुर्‍याइदिनुहोला भनेको छु,' थापाले भने, '२७ गते हुने विशेष महाधिवेशन पार्टीकै साथीहरूले गरेको, विधानसम्मत आयोजना हो। त्यसमा सभापति सहभागी हुनुपर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077