पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ ।
सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरूका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
साथै सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगर–१ छपकैयाँस्थित बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा आँखा शिविर सञ्चालन गरेको छ । सो शिविरबाट ७८ जना स्थानीयबासी लाभान्वित भएका छन् ।
यसअघि बैतडीमा सशस्त्र प्रहरीले विणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दलित विद्यार्थीहरुलाई जनही एक थान कम्बल वितरण र १० जना जेष्ठ नागरिकलाई न्यानो लुगा र सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र पोसाक वितरण गरिएको थियो ।
आगामी माघ ९ गते सशस्त्र प्रहरी बल स्थापना दिवस मनाइने र त्यसअघि विभिन्न कार्यक्रम सञ्चालन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।