Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्रका डीएसपीमाथि कारवाही सिफारिस

हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्रका डीएसपीमाथि कारवाही सिफारिस

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि कारबाही सिफारिस भएको छ ।

आन्तरिक छानबिन गर्न गठित नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

डीएसपी कुँवर मिनभवन स्थित बेसको प्रमुख हुन् । अहिले उनी नम्बर–२० विपद् उद्धार गण सिनामंगलमा कार्यरत छन् ।

जेनजी प्रदर्शन हुँदा गौतम नेतृत्वको टिमले आफ्नो कमान्डमा रहेको सुरक्षा बेस र हातहतियार जोगाउन नसकेको आन्तरिक छानबिन समितिको आरोप छ ।

भदौ २४ मा प्रदर्शनकारीले मिनभवन स्थित यातायात व्यवस्था कार्यालय र सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए । सशस्त्रको बेस यातायात व्यवस्था कार्यालय परिसरमा थियो ।

त्यसबेला उनको कार्यालयमा रहेको १४ थान एसएलआर हतियार लुटपाट र आगजनी भएको थियो । प्रदर्शन सुरु भएलगत्तै उनी हतियार र कार्यालय छाडेर भागेकाले प्रदर्शनकारी सशस्त्रको बेसमा सहजै प्रवेश गरेका थिए ।

भदौ २४ मा बेसबाट हतियार लुटिनु र जल्नुमा ‘सुरक्षा चुक’ देखिएको आन्तरिक छानबिनको निष्कर्ष छ ।

साथै समितिले मिनभवन बेसमा कार्यरत अन्य १३ जना सुरक्षाकर्मीलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

अन्य सुरक्षा बेसमा हतियार वा कार्यालयमा क्षति नभएकोले अन्य कमान्डरहरू कारबाही सिफारिसको सूचीमा परेका छैनन्।  कारबाही सिफारिस भए पनि कस्तो प्रकारको कारबाही लागू हुने भन्ने विषय अहिले सार्वजनिक गरिएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077