काठमाडौं । नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले १० जना एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह रहेका छन् ।
त्यसपछि क्रमशः भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी र नकुल पोखरेल बढुवा सिफारिस सूचीमा परेका छन्।
यसैगरी दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिले कार्यसम्पादन मूल्यांकन, वरिष्ठता, सेवा अवधि तथा अनुशासनलाई मुख्य आधार मानेर सिफारिस गरेको जनाइएको छ । अब मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै उनीहरू एसएसपी पदमा औपचारिक रूपमा बढुवा हुनेछन्।