Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपी भट्टराईले लिए स्वेच्छिक अवकाश, एआईजी कार्कीले गरे बिदाइ

डीएसपी भट्टराईले लिए स्वेच्छिक अवकाश, एआईजी कार्कीले गरे बिदाइ

बुधवार , पौष २३, २०८२

काठमाडौं । स्वेच्छिक अवकाशमा जान लागेका प्रहरी नायव उपरीक्षक (डीएसपी) चित्र बहादुर भट्टराईलाई बिदाइ गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले डीएसपी भट्टराईलाई बिदाइ गरेका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट एआईजी कार्कीले ढाकाटोपी, खादा तथा मायाको चिनो प्रदान गरि बिदाइ गरे ।

बिदाइ हुन लागेका डीएसपी भट्टराईले आफु सेवामा रहदा प्राप्‍त गरेको अनुभव ,अवसर र चुनौतीको सम्बन्धमा आफ्ना बिचार राखे ।

एआईजी कार्कीले यस पवित्र संगठनमा सेवा प्रवेश गरी देशका विभिन्न स्थानहरुमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी संगठनमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्नुका साथै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077