Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : १८ पदका लागि ४४ उम्मेदवार [सूचीसहित]

राष्ट्रियसभा निर्वाचन : १८ पदका लागि ४४ उम्मेदवार [सूचीसहित]

बुधवार , पौष २३, २०८२

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १८ पदमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमार्फत उम्मेदवारी दर्ता भएको हो ।

कोसी प्रदेशतर्फको ‘अन्य’ क्लष्टरमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले उम्मेदवार बनाएका हेमराज घिमिरे उमेदवारी प्रक्रियामा अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन्।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन बनेको छ। तर, सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि नेकपा गठबन्धनको निर्णयबाट पछि हट्दै छुट्टै उम्मेदवारी दर्ता गराएको छ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोसपाबीच एकताको समझदारी भइसकेको अवस्थामा पनि मधेस प्रदेशमा गठबन्धनमा दरार देखिएको छ। सुरुआतमा जसपा नेपाललाई पनि गठबन्धनमा समेटिने भनिए पनि उसले मधेस प्रदेशमा आफ्नै तीन जना उम्मेदवार उठाएको छ।

यद्यपि, जसपा नेपालले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्ने निर्णय भने कायमै राखेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077