Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएसपीका १० पदमा बढुवाको तयारी

एसएसपीका १० पदमा बढुवाको तयारी

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाल प्रहरीमा थप तथा मिलान भएका पद प्रहरी किताबखानामा दर्ता भएको छ।

नयाँ दरबन्दीअनुसार पद दर्ता भएसँगै बढुवा प्रक्रिया अघि बढाउन लागिएको छ।

एसएसपीका दुई पद स्थानान्तरण र एक पद थप भएसँगै १० पद रिक्त भएका छन्। केनाईन महाशाखा र एमटी महाशाखाका एसएसपी पद स्थानान्तरण गरिएको हो।

प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाका लागि गृहकार्य अघि बढाइसकेको छ।

रिक्त पदमा मुख्यगरी १८ एसपीबिच प्रतिस्पर्धा छ। जसमध्ये केही कारबाही भोगेकाहरु छन्। कारबाही भोगेकालाई हटाएर १० जनाको बढुवा हुने सम्भावना छ।

बढुवाको प्रतिस्पर्धामा रामप्रकाश शाह, भुवनेश्वर तिपारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रकुमार सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम बिष्ट, सुवासचन्द्र बोहरा छन्।

त्यस्तै, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्र शााही, अर्जुन तिमल्सिना, चक्रराज जोशी लगायत छन्।

उनीहरुमध्ये ऋषिराम कँडेल, प्रजित केसी, राजकुमार सिलवाल लगायतले कारबाही भोगेकाले बढुवामा पर्न कठिन हुने देखिन्छ ।

त्यस्तै, निर्वाचन आचारसंहिता लाग्नुभन्दा अघि नै एसपी र डिएसपी पदमा पनि बढुवाको तयारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077