Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले छान्यो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीमा झाँक्री

एमालेले छान्यो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीमा झाँक्री

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उम्मेदवार टुंगो लगाएको छ । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उम्मेदवार टुंगो लगाएको हो ।

एमाले सचिव महेश बस्नेतका अनुसार एमालेले कोसी प्रदेशमा रोशनी मेचे, वाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

मधेस प्रदेशमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरूको मनोनयन हुँदैछ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077