काठमाडौं । नेपाल प्रहरीका ५९६ जना हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।
मंगलबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।
बढुवा सिफारिस हुनेमा राज कुमार खत्री, माया राम चौधरी, शेर बहादुर मगर, सोनेलाल वास्के, जित बहादुर तामाङ्ग, बिदुर कोईराला र राजन तामाङ्ग लगायतका रहेका छन् ।