Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४ करोड भ्रष्टाचार मुद्धामा प्रदीप परियारसहित सातै जनाले पाए सफाइ

४ करोड भ्रष्टाचार मुद्धामा प्रदीप परियारसहित सातै जनाले पाए सफाइ

मंगलवार , पौष २२, २०८२

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । मंगलबार विशेष अदालत, काठमाडौँले उनीहरूविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले प्रतिवादीहरू प्रदीप परियार, रविमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित हुन नसकेको निष्कर्ष निकालेको छ ।

अदालतको फैसलामा भनिएको छ, ‘विवेचित आधार कारणसहितबाट प्रतिवादीहरू प्रदीप परियार, रविमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरूले आरोप दाबीबाट सफाइ पाउने ठहर्छ।’

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धराबाट म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोप लगाउँदै सातै जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

अख्तियारले प्रतिवादीहरूबाट ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो असुल उपर गर्न माग दाबी गरेको थियो। तर अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077