Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले गर्‍यो ६ सहसचिवको सरुवा, परियार प्रधानमन्त्री कार्यालयमा

सरकारले गर्‍यो ६ सहसचिवको सरुवा, परियार प्रधानमन्त्री कार्यालयमा

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

सरुवा सूची अनुसार प्रदीप परियार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएका छन् । उनी संघीय मामिलाबाट सरुवा भएका हुन् । परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन् ।

यस्तै टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ ।

त्यसैगरी ज्ञानहरि घिमरेलाई जनकपुरधाम उपमहानगरमा कामकाज र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तरगत सरुवा गरिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077