काठमाडौं । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई गृह, शहरी तथा स्थानीय तहमा पठाउने निर्णय गरेको हो ।
जसअनुसार प्रशासन सेवातर्फका सहसचिव महेन्द्रकुमार सापकोटा र शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने डमरु प्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ ।
यसैगरी इन्जिनियरिङ सेवातर्फका सहसचिवहरू प्रकाश चौधरी, ओमराज ढुंगाना, मनिष कुमार अर्याल, राम कुमार श्रेष्ठ र गौरी कुमार श्रेष्ठलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायमा पठाइएको छ ।