काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रियसभा निर्वाचनमा सहमति गरेर जाने भएको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श समितिको बैठकले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र मधेशकेन्द्रित दलहरूसँग सहमति गरेर जाने निर्णय गरेको हो ।
राष्ट्रियसभा निर्वाचनका बारेमा जिम्मा संयोजक र सह संयोजकलाई दिने निर्णय पनि भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता प्रकास ज्वालाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको भेटमा चुनावी तालमेलका विषयमा छलफल नभएको जानकारी दिए ।