Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीको संगठन सर्वेक्षण स्वीकृत, रिक्त पदमा बढुवाको तयारी

नेपाल प्रहरीको संगठन सर्वेक्षण स्वीकृत, रिक्त पदमा बढुवाको तयारी

मंगलवार , पौष २२, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओएण्डएम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

ओएण्डएम स्वीकृत भएसँगै प्रहरीमा केही दरबन्दी थप भएका छन् । एसएसपीका तीन दरबन्दी थप भएको छ भने एसपी र डिएसपीका केही दरबन्दी पनि थप भएको छ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानून महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा एसएसपीको दरबन्दी थप भएको हो ।

ओएण्डएम स्वीकृत नहुँदा एसएसीलगायत पदको बढुवा रोकिएको थियो। गृह मन्त्रालयले डिआइजीको समेत केही दरबन्दी थप्न प्रस्ताव गरेपनि गृहले काटिदिएको थियो ।

निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै रिक्त पदमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077