Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमानको कुटपिटले गर्भवतीको ज्यान गयो, अन्त्येष्टि रोकेर अनुसन्धान

श्रीमानको कुटपिटले गर्भवतीको ज्यान गयो, अन्त्येष्टि रोकेर अनुसन्धान

सोमवार , पौष २१, २०८२

दाङ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी १७ वर्षीया गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

दाङको शान्तिनगर गाउँपालिका–२ केराघारीका २१ वर्षीय सुमन आले मगरले पुस १२ गते बिहान आफ्नी श्रीमती खिमि परियारलाई निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी खिमिलाई पुस १३ गते नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा पुस १८ गते बिहान ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

चार महिनाकी गर्भवती खिमिको शव परिवारले अन्त्येष्टि गर्न लैजाँदै गरेको सूचनापछि प्रहरीले प्रक्रिया रोकेर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। फरार रहेका सुमनलाई सोही रात तुलसीपुर–५ न्युरोडस्थित एक गेस्टहाउसबाट पक्राउ गरिएको हो।

मृतककी आमा राममाया दमाइले सुमनविरुद्ध किटानी जाहेरी दिएकी छन्। जिल्ला अदालतले सुमनलाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077