Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचन सामग्री पुर्‍याइने

फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचन सामग्री पुर्‍याइने

शनिवार , पौष १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ शुरू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचनका लागि आवश्यक सामग्री पुर्‍याउने गरी काम मतपत्र छपाइ शुरू गर्न लागिएको जानकारी गराए ।

समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ शुरू गर्न लागिएको उनले बताए ।

प्रत्यक्ष निर्वाचनतर्फको मनोनयपत्र भने निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते तोकिएको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरक मतपत्र चाहिने भएको माघ ९ गते पछि मात्र छपाइ शुरू गरिने प्रवक्ता भट्टराईले बताए ।

दुवै निर्वाचन प्रणालीलाई गरी चार करोड मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ दुई करोड र समानुपातिकतर्फ पनि दुई करोड गरी चार करोड मतपत्र छाप्न लागिएको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । मतदाता सङ्ख्याका आधारमा दुवै निर्वाचन प्रणालीतर्फ दुईरदुई करोड गरी चार करोड मतपत्र छपाइ गर्न लागिएको हो ।

२०७९ सालमा मत हालेकासम्मलाई मतदाता परिचयपत्र दिइएकाले यस वर्ष नयाँ मतदाता बनेकालाई परिचयपत्र पनि दिइने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्व गराउन बन्दसूचीलाई सच्याइने पनि प्रवक्ता भट्टराईले बताए । मतदान पूर्वका सबै निर्वाचनसम्बन्धी काम नेपाल प्रहरी हेर्ने छ । मतदानपछिका काम हेर्ने गरी नेपाल प्रहरी निर्वाचन प्रहरी छनोट गर्ने जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077