Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष महाधिवेशन कुनै पनि हालतमा गर्ने गगन थापाको घोषणा

विशेष महाधिवेशन कुनै पनि हालतमा गर्ने गगन थापाको घोषणा

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन कुनै पनि हालतमा गर्ने घोषणा गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो घोषणा गरेका हुन् ।

उनले पार्टी विधानको पालना नभए आफू चुप लागेर नबस्ने चेतावनी दिए । विशेष महाधिवेशनको विषयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कुनै प्रस्ताव नगरेपछि उनले विधानअनुसार कदम चाल्ने घोषणा गरे ।

महामन्त्री थापाले विधानअनुसार विशेष महाधिवेशन नबोलाइए केन्द्रीय कार्यालयकै आयोजनामा विशेष महाधिवेशन गरिने दाबी गरे ।

उनले बैठकमा विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव नआएकाले आफूहरूले फरक मत दर्ता गराएको बताए । तर फरक मत दर्ता गरेर घर गएर चुप लागेर नबस्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘फरक मत दर्ता भयो। अब घर गएर सुत्छु भन्ने होइन। एक–दुई दिनभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाएर विशेष महाधिवेशन बोलाइयो भने राम्रो हुन्छ। तर, नेताहरूले विधानको पालना नगरे म महामन्त्री भएर टुलुटुलु हेरेर बस्दिनँ। विधानको धारा १७ कार्यान्वयन गर्छु। केन्द्रीय कार्यालय भनेको महामन्त्रीको हो। केन्द्रीय कार्यालयको आयोजनामा विशेष महाधिवेशन हुन्छ।’

उनले विशेष महाधिवेशनमा सहभागी हुन देशभरिका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077