काठमाडौं । नेपाल प्रहरीका ५११ प्रहरी नायव निरीक्षकहरुको सरुवा भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको शक्रबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
पौष महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।