Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु

फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली छपाइको काम सुरु गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको छापाखानामा जडान गरिएको ल्यापटपको माउस क्लिक गरी औपचारिक रूपमा मतदाता नामावली छपाइ कार्यको शुभारम्भ गरेका हुन्।

निर्वाचन आयोगका अनुसार यसपटक मतदाता नामावली विवरण रंगिन (कलर) छापिएको छ, जसले नामावली पहिचान र व्यवस्थापनलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद अधिकारीले छपाइ सम्पन्न भएपछि माघ ४ गतेभित्र देशभरका जिल्लामा मतदाता नामावली पठाइसक्नेजानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077