Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काँग्रेसका नेताहरू कार्यसम्पादन बैठकका लागि सानेपामा

काँग्रेसका नेताहरू कार्यसम्पादन बैठकका लागि सानेपामा

शुक्रवार , पौष १८, २०८२

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ।

बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वगृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका हुन्। बैठक ३ बजेका लागि बोलाइएको भएपनि एक घण्टा ढिलोगरि सुरु हुन लागेको हो ।

कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए।

यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077