Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावअघि दल र नागरिक समाजबीच राष्ट्रिय समझदारी गर्न गगन थापाको आह्वान

चुनावअघि दल र नागरिक समाजबीच राष्ट्रिय समझदारी गर्न गगन थापाको आह्वान

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि राजनीतिक दल र नागरिक समाजबीच राष्ट्रिय समझदारी आवश्यक रहेको भन्दै त्यसका लागि अपिल गरेका छन् ।

देशमा देखिएका राजनीतिक, प्रशासनिक र संस्थागत समस्याहरूको समाधान चुनाव र सरकार परिवर्तनले मात्रै सम्भव नहुने उनको दाबी छ ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले दलहरूमा देखिएको समानुपातिक सूची निर्माण, नेतृत्व चयनको विवाद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक परिषद्हरूमा देखिएको संस्थागत संकटलाई उदाहरण दिँदै यी समस्याको दीर्घकालीन समाधानका लागि साझा समझदारी अपरिहार्य भएको बताए ।

थापाले भने, ‘गभर्नेन्स सुधार, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारको मर्म बोकेर अघि बढिरहनुभएका नागरिक समाजका साथीहरूले अब अलिकति मेहनत गर्नुपर्ने भएको छ। फरक–फरक राजनीतिक दललाई—नयाँ र पुराना सबैलाई—एक ठाउँमा ल्याएर २०६२र०६३ को आन्दोलनअघि जस्तै साझा समझदारी गर्नुपर्छ।’

उनका अनुसार, चुनावपछि बन्ने संसद र सरकारले कसले नेतृत्व गरे पनि संविधान संशोधन, कानुन सुधार र राज्य संरचनामा आवश्यक परिवर्तन गर्ने विषयमा पहिल्यै सहमति जुटाउन सकिने अवस्था सिर्जना गर्नुपर्छ। ‘भोलि जोसुकै संसदमा आए पनि, हामी सबै मिलेर कम्तीमा यी विषयमा सुधार गर्छौं भन्ने समझदारी हुनुपर्छ,’ थापाले उल्लेख गरे।

उनले थप भनेका छन्, 'जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो । त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुदैन। यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू बिउत्याएको छ।
यसका लागि, निर्वाचनपछि बन्ने संसद्ले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम समझदारी आवश्यक छ। त्यसैले, सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जेन्जी साथीहरूलाई एकै ठाउँमा उभिएर यस्तो साझा समझदारीका लागि सहकार्य गर्न यसै भिडियोमार्फत अपिल गर्दछु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077