Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगनपछि देउवाले बोलाए शीर्ष नेता

महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगनपछि देउवाले बोलाए शीर्ष नेता

बिहिवार , पौष १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्रीले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेसँगै सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अवस्थाबारे छलफल गर्न शीर्ष नेतालाई बोलाएका छन् ।

बिहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गर्दै विशेष महाधिवेशनलाई विकल्पका रूपमा अघि सारेका थिए ।

महामन्त्रीद्वयको उक्त घोषणापछि सभापति देउवाले बिहीबार साँझ नै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेपछि शीर्ष नेतालाई बोलाएका हुन् ।

सभापति देउवाले शुक्रबार बिहान कांग्रेसका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि अघि सारेका गतिविधि र त्यसको वैधानिकताबारे छलफल गर्ने उद्देश्यले शीर्ष नेता बैठकमा सहभागी हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077