Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घण्टी चुनाव चिन्हसहित अछाम-२ मा उम्मेदवार बन्दै भूपदेव शाह, रास्वपाको सहमहामन्त्री बनाउने तयारी

घण्टी चुनाव चिन्हसहित अछाम-२ मा उम्मेदवार बन्दै भूपदेव शाह, रास्वपाको सहमहामन्त्री बनाउने तयारी

बुधवार , पौष १६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का स्वकीय सचिव भूपदेव शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बनाउने तयारी गरिएको छ ।

बालेननिकट स्रोतका अनुसार रास्वपाको आगामी संगठनात्मक संरचनामा शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिने आन्तरिक तयारी भइरहेको छ।

यससँगै भूपदेव शाहले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछामबाट उम्मेदवारी दिने तयारी समेत अघि बढाएका छन्।

उनले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने तयारी गरेको स्रोतको दाबी छ । स्थानीयस्तरमा संगठन विस्तार र चुनावी रणनीति निर्माणका कामसमेत तीव्र पारिएको बताइएको छ ।

केही दिनअघि मात्रै काठमाडौं महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुई पक्षीय राजनीतिक सहमति भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077