Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशमा १२ दिनमा हिन्दु समुदायका तेस्रो व्यक्ति मारिए

बंगलादेशमा १२ दिनमा हिन्दु समुदायका तेस्रो व्यक्ति मारिए

बुधवार , पौष १६, २०८२

एजेन्सी । बंगलादेशको मयमनसिंह जिल्लामा रहेको एक कपडा कारखानाभित्र सुरक्षा ड्युटीमै रहेका एक हिन्दु कामदारको गोली हानी हत्या भएको छ ।

पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या भएको यो घटना सोमबार साँझ ६ः४५ बजे भालुका उपजिल्लास्थित सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको हो ।

हत्या भएका व्यक्ति कारखानामै कार्यरत ४२ वर्षीय सुरक्षा गार्ड बजेन्द्र विश्वास छन् । प्रहरीका अनुसार उनीसँगै सुरक्षा ड्युटीमा रहेका २९ वर्षीय नोमान मियाले सरकारी रूपमा जारी गरिएको बन्दुक तेर्स्याउँदा गोली चलेको थियो ।

गोली बजेन्द्रको बायाँ तिघ्रामा लागेको र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले अभियुक्त नोमान मियालाई तत्काल पक्राउ गरेको छ। यसघि डिसेम्बर २४ बुधबार राति ११ बजे एक हिन्दु युवक अमृत मण्डल उर्फ ​​सम्राटलाई कुटपिट गरी हत्या गरिएको थियो ।

यस्तै डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको भिडले हत्या गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077