Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशमा हादीको हत्यापछि एनसीपी नेता सिकदरमाथि पनि गोली प्रहार

बंगलादेशमा हादीको हत्यापछि एनसीपी नेता सिकदरमाथि पनि गोली प्रहार

मंगलवार , पौष ८, २०८२

एजेन्सी । बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्को राजनीतिक हिंसाको घटना भएको छ ।

राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरमाथि सार्वजनिक स्थानमै गोली प्रहार भएको छ।

बंगलादेशको अखबार ढाका ट्रिब्यून का अनुसार सिकदरलाई सोमबार बिहान करिब ११ः४५ बजे खुलना शहरको सोनाडाङ्गा क्षेत्रमा अज्ञात आक्रमणकारीहरूले गोली हानेका हुन् ।

गोली लागेपछि स्थानीयवासीले उद्धार गरी उनलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गराएका छन्। उनको उपचार भइरहेको छ ।

सोनाडाङ्गा मोडेल प्रहरी चौकीका अनुसन्धान इन्चार्ज अनिमेष मण्डलले सिकदरमाथि अज्ञात समूहले आक्रमण गरेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यसअघि, गत डिसेम्बर १२ मा ढाकामा मस्जिदबाट बाहिर निस्कने क्रममा विद्यार्थी नेता उस्मान हादीमाथि गोली प्रहार भएको थियो ।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीलाई उपचारका लागि डिसेम्बर १५ मा सिंगापुर लगिएको थियो। तर, उपचारकै क्रममा डिसेम्बर १८ मा उनको मृत्यु भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077